काठमाडौँ : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार ग्रीस प्रस्थान गरेका छन् । ग्रीसको एथेन्समा यूएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० सम्मका लागि ३८औं लागूऔषधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यसमेत सहभागी हुनेछन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेद्धन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया