आजदेखि संसद्मा बजेट बहस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २५

काठमाडौं, जेठ २५ — प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने मुख्य कार्यसूची तय गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्नेछन्। साथै विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र नेपाल राष्ट्र बैंक संशोधनसम्बन्धी विधेयक पनि सदनमा दर्ता गरिने कार्यक्रम छ।

यस्तै, पर्यटनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि पनि बैठकमा प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *