राजनीतिक सहमतिका लागि सर्वदलीय छलफल आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २५

काठमाडौं, जेठ २५ — समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बिहान ९ बजे हुने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी हुन निमन्त्रणा गरिएको छ। प्रत्येक दलबाट शीर्ष नेतृत्वसहित दुई जना प्रतिनिधि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बताइएको छ।

बैठकमा संसद्को अवरोध, पछिल्लो राजनीतिक घटनाक्रम तथा सहकार्यका सम्भावित उपायबारे छलफल हुने जनाइएको छ। रास्वपाले सबै दललाई औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *