कुथेली बुखरीको आईपीओ बाँडफाँट

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण ७

साउन ७ गते, आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँट भएको हो।

कम्पनीले असार २६ गतेदेखि आज २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जसअनुसार १० हजार ११५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी एक जनाले कम्पनीको थप एक कित्ता शेयर अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *