×

प्रधानमन्त्रीलाई गगनको आग्रह : ६ महिना लिनुस्, काम देखाउनुस्

चैत्र २४, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे ।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीको काम हेर्दा अत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताए । बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रष्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: