फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

 माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्तिप्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी धारका नेताहरुको बैठकले शान्तिप्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछिल्लो शान्तिप्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए ।

‘आज बिहान बैठक बस्यो, पूर्वमाओावदी घटकहरु आठ दलको बैठक बस्यो । शान्तिप्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्तिप्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्तिप्रक्रियाका कामहरु छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरु मिलेर भन्नेकुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीवीसँग शान्तिप्रक्रियाबारे अन्तर्क्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ,’ गुरुङले भने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *