×

राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गरायौं, राष्ट्रपति संस्था विवादित भयो : गगन थापा

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरूको पनि दोष रहेको बताएका छन् ।

बागमती प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखीकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्दा नक्कल गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: