विराटनगरबाट लुक्ला फ्लाइट हुन्छ : मन्त्री आले

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलबाट लुक्ला फ्लाइट हुने बताएका छन् । विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँगकाे कुराकानीमा उनले काठमाडाैंबाट मात्रै लुक्ला फ्लाइट हुने सिन्डिकेट ताेडेर अब चाँडै विराटनगरबाट फ्लाइटकाे व्यवस्था गर्ने बताएका हुन् ।

मन्त्री आलेले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरकाे अन्तर्राष्ट्रिय विमानस्थलमा स्तराेन्नतिका लागि जग्गा अधिग्रहण गर्न आवश्यक बजेट आउँदाे बजेटमा व्यवस्था गर्ने बताए ।

उनले आउँदाे तीनै तहकाे निर्वाचनमा सत्तारूढ गठबन्धन एकजुट भएर निर्वाचनमा जाने विश्वास व्यक्त गरे । ´स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका लागि कांग्रेेस केन्द्रीय कार्य समितिकाे बैठकले निर्णय गरेर एउटा दिशा निर्देश भएकाे छ,´ उनले भने, ´कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वकाे टाेलीले कुन दलकाे भागमा कति महानगर, नगर, गाउँपालिका र वडा पर्ने विषयमा चाँडै निर्णय गर्छ ।´

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *