आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन्।
निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा २४९४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन्। जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २३३ महिलाको उम्मेदवारी परेको छ।
यसमध्ये प्रमुख दल नेकपा एमालेले आफूले उम्मेदवारी दिएको १४४ क्षेत्रबाट ११ जना महिलालाई उम्मेदवार बनाएको छ।
यस्तै माओवादीले केन्द्रले सात जनालाई टिकट दिँदा कांग्रेसले पाँच र २० क्षेत्रमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले एक जना महिलालाई मात्रै उम्मेदवार बनाएका छ।
मधेस केन्द्रीत दल जसपा र लोसपाले कुनै पनि महिलालाई प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनाएका छैनन्।
कसले कहाँ-कहाँ उठाए महिला उम्मेदवार
नेकपा एमाले
सुनसरी– ३, मा भगवती चौधरी
धनुषा– ३ मा जुलीकुमारी महतो
उदयपुर– १ मा मञ्जु चौधरी
बारा– ३ मा ज्वालाकुमारी साह
स्याङ्जा– २ मा पद्मा अर्याल
कास्की– २ मा विद्या भट्टराई
बाग्लुङ– २ मा मञ्जु शर्मा चालिसे
दाङ– १ मा शान्ता चौधरी
दाङ– ३ मा कोमल वली
डोटीमा गौरी ओली
कञ्चनपुर– ३ मा निरूदेवी पाल
नेकपा माओवादी केन्द्र
ललितपुर– ३ मा पम्फा भुसाल
काठमाडौं– ९ मा कल्पना धमला
काठमाडौं– ७ मा मानुषी यमी भट्टराई
काठमाडौं– २ मा ओनसरी घर्ती
दाङ– ३ मा रेखा शर्मा
जुम्लामा गोमा गौतम
कञ्चनपुर– ३ मा विना मगर
नेपाली कांग्रेस
तेह्रथुममा सीता गुरूङ
मोरङ– २ मा सुजाता कोइराला
सिराहा– २ मा चित्रलेखा यादव
मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’
अर्घाखाँचीमा पुष्पा भुसाल
एकीकृत समाजवादी
गुल्मी-२ मा रामकुमारी झाक्री


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्