|
२०७९ बैशाख ३१
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ मा गठबन्धनका साझा उमेरद्वार वडाअध्यक्षका उम्मेदवार सज्जन राईको प्यानलै विजयी भएको छ । शनिबार साझ सम्पन्न वडा नं १ मतपरिणाम अनुसार सज्जन राईले ४३३ मत ल्याएर विजयी बनेका हुन् । उनीसहित विस्णु लक्ष्मी राई, रेशम राई, दावा लामा शेर्पा र मुना विक विजयी हुनुभएको हो ।
वडाअध्यक्ष राईका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार राईले ३६३ मत पाउनुभएको छ ८१४ मत गणना हुदा गठबन्धन तर्फको पालिका उम्मेदवारको अग्रता छ ।
गठबन्धनका चन्द्र बहादुर राईले पालिका अध्यक्षमा ४१९ मत ल्याउदा नेकपा एमालेका बुद्धि किरण राईले ३५४ मत प्राप्त गरेका छन । त्यस्तै गठबन्धनका उपअध्यक्ष गौरब राईले ४३१ र नेकपा एमालेका जुनिता माया मगरले ३६३ मत प्राप्त गरेका छन ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्