स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परी ७ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ४

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका १२ स्थित डाँडाखर्कमा आइतबार बिहान जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी छ ।

अन्य २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ । जीपमा १३ जना सवार थिए ।

घाईते ४ जनालाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *