×

सोलुखुम्बुमा दुर्गा गणेश मन्दिरबाट चोरी

भदौ १६, २०७८ | दाक्सु मिडिया सम्वाददाता

दुर्गा गणेश मन्दिरबाट चोरी
माप्य दुधकोशी गा.पा.३ बासास्थित प्रसिद्ध दुर्गा गणेश मन्दिको भेटी चोरी भएको छ ।
२०७४ सालमा विभिन्न निकाय र स्थानीयहरु द्वारा आर्थिक सहयोग सङ्कलन गरि निर्माण गरिएको मन्दिरमा हाल सम्म जम्मा भएको ५० देखि ६० हजार सम्म संकलन भएको भेटी चोरी भएको छ ।
मंगलबार राती चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । झ्यालको ग्रील काटेर डोनेसन बक्समा भएको भेटी चोरी भएको स्थानीय ललित कार्किले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: