काठमाण्डौँ । नेपाल वायुसेवा निगमको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५४ यात्रुलाई लिएर चार्टर्ड फ्लाइट मार्फत काठमाण्डौ आउँदै छ। आइतबार राति स्थगित भैरहवा– काठमाडौं चार्टर्ड फ्लाइट आज साँझ भएको हो ।
आज दिउँसो २ः४५ मा हुने भनिएको उडान तीन घन्टा ढिलो भएको विमानस्थलस्थित प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिएका छन् ।
भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राती भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउसो २ः४५ बजेका लागि सारिएको थियो । तर आज पनि निर्धारित समय भन्दा तीन घन्टा ढिलो मात्रै उडान भएको हो ।
निगमले काठमाडौं-भैरहवा ५ हजार र भैरहवा– काठमाडौं ७ हजार भाडा तय गरेको थियो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोक राज पाण्डेका अनुसार आज राती काठमाडौ पुग्नै पर्ने वाध्यता भएका, उपचारको लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीको लागी बिदेश जान टिकट लिइसकेका यात्रु र पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्