×

थाई एयर एसियाको प्रतिबन्ध फुकुवा

कार्तिक १५, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ ।

अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।

एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो । यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले   विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ ।

एयरवेजले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: