|
२०७८ फाल्गुन १९
काठमाडौं । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ ।
गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबार कारोबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्