जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड सम्पन्न भएको छ।

यससँगै कम्पनीको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ। आइपिओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रभु क्यापिटलको वेबसाइट, सिडिएससीको मेरो सेयर र सिडिएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ।

कम्पनीले माघ २१ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।

जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिने व्यवस्था थियो।

संस्थाको प्राथमिक सेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। प्राथमिक सेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए। उनिहरूमध्ये बाँडफाँडका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए।

संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता सेयर बाँडफाँड गरेको हो। यसमध्ये ८ हजार कित्ता कर्मचारीहरूले प्राप्त गरेका छन्। त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन्।

उनीहरूलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *