नेप्से परिसूचक १७ अकंले बढ्यो : ३ अर्बमाथिको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १०

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । २७ सय १८ दशमलव ५१ अङ्कबाट सुरु भएको  बजारमा अन्तिम समयसम्म १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५ दशमलव ९१ पुगेको हो । 

यस दिन म्यानु एण्ड प्रो र लगानी बाहेक सबै सूचकहरू धनात्मक भएका छन् । अदर्स समूहको उपसूचक अधिकतम १ दशमलव ९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १ दशमलव ५१ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ०५ प्रतिशतले बढेको छ । अन्य उपसूचकहरू भने १ प्रतिशतभन्दा कमले बढेका छन् । तर, १७ अंक माथिले बढेको बजारमा आज ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *