नेप्से २० अंकले बढ्यो : ७ अर्बमाथीको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ३

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।  लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज पनि १० प्रतिशतले कमाएका छन् भने यस एनएमबी डिभेन्चरका लगानीकर्ताहरूले अधिकतम् ३.९५ प्रतिशतले गुमाएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *