मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई बर्खास्त गर्न माग गर्दै आज पनि प्रदर्शन जारी छ ।

यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णय असंवैधानिक भएको भन्दै जनमत पार्टीले वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो । पार्टीले उक्त निर्णय खारेज गरी तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीविरुद्ध कारवाहीको माग गरेको छ ।

आज बिहान घण्टाघर चोकमा आयोजित प्रदर्शनमा जनमत पार्टीका नेता कार्यकर्ताले सडकमा टायर बाल्दै नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी र प्रहरीबीच केही बेर धकेलाधकेल भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *