सब-इन्जिनियरको हत्या प्रकरणमा छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाण्डौँ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा आज ‘पेनडाउन’ गरेका छन् ।

कर्मचारीले हातमा कालोपट्टि बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग गरेका छन् ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । यस घटनापछि प्रदेशभरिका प्राविधिक र प्रशासनिक कर्मचारी आन्दोलित बनेका छन् ।

आन्दोलनमा सहभागी कर्मचारीले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भइरहेको आक्रमणले कार्यस्थलको सुरक्षा कमजोर भएको बताए । साथै, दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

कर्मचारीका विभिन्न सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *