
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको छ । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् ।
अर्यालले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्दा सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएको बताएका छन् । साथै यसको मूल्य चुकाउनु पर्ने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया