तीन दिनभित्र हाजिर हुन कर्मचारीलाई मन्त्रालयको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ, जेठ २२ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लामो बिदामा रहेका तथा सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयले अध्ययन वा असाधारण बिदामा रहेका कर्मचारीको अभिलेख अद्यावधिक गर्नसमेत आह्वान गर्दै तोकिएको समयभित्र उपस्थित नभए कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

सबै सरकारी निकायलाई बिदामा रहेका कर्मचारीको विवरण यकिन गरी राष्ट्रिय किताबखानासँग समन्वय गरेर अभिलेख अद्यावधिक गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *