|
२०८२ चैत्र १९
काठमाडौँ । नेपालभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। यस वर्ष ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। परीक्षा १,९६६ केन्द्रबाट सञ्चालन भइरहेको छ, जसमा जापानमा समेत एक केन्द्र समावेश गरिएको छ।
यस पटक राष्ट्रिय परीक्षा बोर्डले नतिजा छिटो ल्याउने लक्ष्यसहित उत्तरपुस्तिका परीक्षण प्रणालीमा परिवर्तन गरेको छ। अब परीक्षण स्थानीय स्तरमै गरिनेछ, जसले समय बचत हुने अपेक्षा गरिएको छ। बोर्डले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्