दार्चुला, जेठ १२ — दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलनका लागि १३८ जनाले अनुमति लिएका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय ले वैशाख अन्तिम सातादेखि अनुमति वितरण सुरु गरेको जनाएको छ।
हालसम्म वितरण भएका सबै ‘निलो कार्ड’ संरक्षण क्षेत्रभित्रका स्थानीय बासिन्दालाई दिइएको कार्यालयले जानकारी दिएको छ। सङ्कलनकर्ताको सुविधाका लागि जिल्लाका विभिन्न स्थानबाट अनुमति वितरण भइरहेको छ।
संरक्षण क्षेत्रले स्थानीय, जिल्लाभित्रका अन्य नागरिक र बाहिरी जिल्लाका नागरिकका लागि छुट्टाछुट्टै शुल्कसहित तीन प्रकारका परिचयपत्र व्यवस्था गरेको छ।
कानुनी व्यवस्थाअनुसार यार्चागुम्बा सङ्कलनका लागि पाटन जेठ १५ देखि असार १५ सम्म मात्र खुला रहने भए पनि केही स्थानीयवासी भने पहिल्यै हिमाली क्षेत्रमा पुगिसकेका छन्। कार्यालयले अनुमति बिना जडीबुटी सङ्कलन नगर्न सबैलाई आग्रह गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्