कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १२, २०८३

कपिलवस्तुको महाराजगन्ज–४ बरइपुर क्षेत्रमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेशको बस हुलाकी सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको तौलिहवा र भैरहवाका अस्पतालमा उपचार भइरहेको छ। अधिकांश यात्रुका शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो। घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *