घुससहित पक्राउ परेका वडाध्यक्षलाई एक वर्ष कैद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं : तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर भएका छन्।

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो। उनले व्यापारी विपिनकुमार पाण्डेयमार्फत घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गत २३ असारमा उनीहरूलाई घुस रकमसहित रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो।

वडाअन्तर्गतका विभिन्न योजना सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि उनले सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक पाण्डेयमार्फत घुस लिएका थिए। उनीहरुलाई जनकी एक वर्ष कैद र डेढ लाख जरिवानाको सजाय भएको बिशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *