|
२०८२ चैत्र १०
काठमाडौँ—नवनिर्वाचित प्रतिनिधिसभाका २४ सांसदले आगामी चैत १२ गते आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। संघीय संसद सचिवालयका अनुसार उनीहरूले पूर्वसूचना दिँदै ११ फरक भाषामा शपथ लिने इच्छा व्यक्त गरेका हुन्।
ज्येष्ठ सदस्यको शपथ चैत ११ गते राष्ट्रपति कार्यालयमा सम्पन्न भएपछि भोलिपल्ट संसद भवनमा बाँकी सदस्यको शपथ हुनेछ। सो क्रममा तामाङ, नेपाल भाषा, डोटेली, मैथिली, भोजपुरी, थारु, राना थारु, संस्कृत, मगही, अवधि र वान्तावा भाषामा शपथ लिइनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्