कोशीमा श्रम संस्कृतिको उछाल: कांग्रेस–एमालेभन्दा अघि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

कोशी। कोशी प्रदेशको समानुपातिक मतगणनामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै कांग्रेस र एमालेलाई पछि पारेको छ।

कूल २० लाख १ हजार ३७५ सदर मतमध्ये रास्वपाले ८ लाख ५३ हजार १८३ मतसहित पहिलो स्थान कायम राखेको छ। श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत ल्याएर दोस्रो स्थानमा पुगेको छ।

नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गर्दै क्रमशः तेस्रो र चौथो स्थानमा सीमित भएका छन्।

यसैगरी नेकपा माओवादी केन्द्रले ९७ हजार ६७९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार ८९९ मत पाएका छन्। प्रतिशतका आधारमा रास्वपाले ४२.६३ प्रतिशत, श्रम संस्कृतिले १४.५९, कांग्रेसले १४.५२ र एमालेले १४.४० प्रतिशत मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *