|
२०८२ माघ २५
मुम्बई=आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल र इंग्ल्याण्ड आइतबार वानखेडे स्टेडियममा भिड्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
टी–२० अन्तर्राष्ट्रियमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। ‘सुपर ८’ पुग्ने लक्ष्यसहित मैदान उत्रिने नेपालका लागि यो खेल विशेष महत्वको छ।
इंग्ल्याण्ड बलियो ब्याटिङ लाइनअपसहित मैदानमा उत्रँदा नेपाल ‘जायन्ट किलर’ बन्ने दाउमा छ। कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने नेपालको मुख्य आशा हुन्।
वानखेडे ब्याटिङमैत्री भए पनि स्पिनले खेल मोड्न सक्ने भएकाले नेपाली बलरहरूको भूमिका निर्णायक हुन सक्छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्