घाँटीमा सुई प्रहार, झापामा वृद्धको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

झापा । भद्रपुर नगरपालिका–१० धनुषमोडमा सुईले घाँटीमा प्रहार गर्दा एक वृद्धको मृत्यु भएको छ। बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालमाथि सिरिन्ज प्रयोग गरी आक्रमण गरिएको हो।

सिरहा विष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमै पुगेर सुई घोच्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा ढकालको मृत्यु भयो।

घटनापछि सिंहलाई सुईसहित प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *