मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १९

झापा — झापाको भद्रपुर नगरपालिका–२ अन्तर्गत सगरमाथा चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

बनियानीबाट पृथ्वीनगरतर्फ जाँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृतक खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोष घाइते भएका छन्। उनको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *