बालेन शाह र केपी ओलीबिच प्रतिस्पर्धा हुने झापा–५ मा मतपत्र कस्तो छ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाण्डौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ प्रति देशव्यापी चासो छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) शाह र एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ ।

बालेन र ओलीबिचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । यी दुईका अतिरिक्त यो निर्वाचन क्षेत्रमा अन्य २२ जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको वास्तविक मतपतको नमुना सार्वजनिक गरेको छ । जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा ९दायाँतर्फ० क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाली कम्युनिस्ट पार्टीको (पाँचकुने तारा), रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ छ ।

यहाँ नेपाली कांग्रेसबाट मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट रन्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनतम पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फर्स्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *