काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता २०८२ सोमबारदेखि लागू गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिता कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।
आचारसंहिता नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, मन्त्री, संवैधानिक निकाय, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र तिनका भातृ संगठनमा लागू हुनेछ। साथै उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतगणना प्रतिनिधि, सार्वजनिक पदधारी व्यक्ति र अनुगमनकर्तासमेत यसको दायरामा परेका छन्।
त्यसैगरी सञ्चारमाध्यम, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, मतदाता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, सहकारी, निजी क्षेत्र र सेवा प्रदायक संस्थालाई पनि आचारसंहिता पालना गर्नुपर्नेछ।
आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालाको सहयोग अपेक्षा गरेको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्