|
२०८२ पुष ३०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच आज बुधबार भेट हुने भएको छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीचको वार्ता निष्कर्षमा नपुगेको तथा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला यो भेट हुन लागेको हो।
देउवा निवासमै बिहान भेटका लागि महामन्त्रीहरूलाई बोलाइएको नेताहरूले बताएका छन्। पार्टीभित्र बढ्दो असन्तुष्टि र गतिरोध अन्त्य गर्न छलफल निर्णायक हुनसक्ने अपेक्षा गरिएको छ।
यसैबीच, केन्द्रीय समिति बैठक पनि पटक–पटक सारिँदै आज बिहानका लागि तय गरिएको छ भने भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको मनोनयन समयसमेत थप गरिएको छ। वार्ताबाट ठोस सहमति ननिस्किएपछि कांग्रेसभित्रको विवाद अझै कायमै रहेको देखिन्छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्