जिप दुर्घटना, एकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
पुस ६, २०८२

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भैसे बगरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा २२ वर्षीय केशवराज जोशी गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी मार्मा आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

जिप चालक मार्मा गाउँपालिका–६ सेरीका २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *