काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन। आज (बुधबार) दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहँदै बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी दुई सातासम्म नेपालमा कुनै महत्वपूर्ण मौसम प्रणाली प्रवेश गर्ने सम्भावना छैन। बंगालको खाडीमा चक्रवात निर्माण भइरहेको भए पनि त्यसले पश्चिमी वायुलाई नेपाल प्रवेश गर्न नदिई देशमा घमाइलो मौसम कायम रहने अनुमान गरिएको छ।
यसैबीच इथोपियामा विस्फोट भएको ज्वालामुखीको धुवाँ भारतसम्म आइपुगेको छ। नेपालसम्म आइपुग्दा पनि यो धुवाँ समुद्री सतहभन्दा १०–१५ किलोमिटर माथि रहने भएकाले वायु प्रदूषण बढ्ने जोखिम नगण्य रहेको पोखरेलले बताए। तर, यसले हवाई उडानमा भने असर पार्ने र यसको प्रभाव आजसम्म रहने सम्भावना रहेको उल्लेख गरिएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्