|
२०८३ श्रावण १६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असल नेतृत्वका लागि ज्ञान, प्रविधि र लोकप्रियताभन्दा करुणा, सहानुभूति र मानवीय संवेदनशीलता अझ महत्वपूर्ण हुने बताएका छन्।
ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा बोल्दै उनले विपद्का बेला नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको वास्तविक परीक्षा हुने बताए। बाढी, पहिरो वा खडेरीबाट प्रभावित नागरिकको दुःख बुझ्न सक्ने नेता नै समाजका लागि आवश्यक रहेको उनको भनाइ थियो।
थापाले सामाजिक सञ्जालमा ‘लाइक’ कमाउनभन्दा नागरिकको जीवन जोगाउने जिम्मेवारी ठूलो भएको उल्लेख गर्दै मानवीय मूल्य र संवेदनालाई केन्द्रमा राखेर नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्