साँचो क्रान्ति ज्ञानबाट होइन, करुणाबाट सुरु हुन्छ : रक्षा बम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १८

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन् ।

शुक्रबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो भनेका थिए । प्रधानमन्त्रीको उक्त भनाइलाई उद्धृत गर्दै अभियन्ता बमले लेखेकी छन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।’

स्पष्ट र दीर्घकालीन व्यवस्थापनको योजनाबिना नै सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको र उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनाए भन्दै रक्षाको यो भनाइ आएको हो।

एकातिर सरकारको नेतृत्वले ज्ञान र शान्तिको दार्शनिक उपदेश दिने, तर अर्कोतिर व्यवहारमा गरिब तथा सीमान्तकृत नागरिकको बासस्थान भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरको कष्टकर अवस्थामा अलपत्र पार्ने कार्यमा विरोधाभास रहेको आलोचकहरूको ठम्याइ छ।

राज्यको कदममा मानवीयता र करुणा नदेखिएको भन्दै बमले प्रधानमन्त्रीको ज्ञानको भाष्यमाथि करुणाको वैचारिक प्रहार गरेकी हुन् ।

सुकुम्बासी बस्ती हटाउने सरकारको पछिल्लो कदमलाई लिएर चौतर्फी बहस भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *