कांग्रेसकाग्रेस सभापति देउबा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

काठमाण्डौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।

बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् ।

जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्दैछ ।

बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ‌ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *