मतदानपछि मतदाताले नै मतपेटिका फुटाए

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४
आइतबार, मंसिर ४, २०७९

पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को तारबराह आधारभूत विद्यालयको मतदान केन्द्रमा एक मतदाताले मत हालिसकेपछि मतपेटिका फुटाएका छन्। 

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि ‘नेकपा बहुमत जिन्दावाद’को नारा लगाएर मतपेटिका फुटाएका हुन्। बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मतपेटिका फुटाएपछि रोकिएको मतदान सर्वदलीय छलफलपछि सुचारु भएको छ। सर्वदलीय बैठक बसेर मुचुल्का उठाएपछि ३० मिनेटपछि पुनः मतदान सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *