संसद्‌मा अर्थमन्त्री नआएकोप्रति रास्वपा सांसद अमरेशको आक्रोश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले उपस्थित नभएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ ।

छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे ।

छलफल चलिरहँदा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए ।

उनले बजेट परराष्ट्रमन्त्रीले बजेट नबनाउने भन्दै आफूले रेकर्डमा राख्नका लागि यो अभिव्यक्ति दिएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *