आज तय भएको रुपन्देहीको कांग्रेस चुनावी सभा भोलिलाई सारियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए ।

सुर्खेत र बाँके भने आजै चुनावी सभा हुने भएको छ । सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने प्रवक्ता चालिसेले जानकारी दिए ।

ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन् । फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *