निर्मला प्रकरण : आठ वर्षपछि पनि न्यायको खोजी जारी

DaksuMedia दाक्सु मिडिया
|
साउन ११, २०८३

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको आठ वर्ष पूरा भए पनि दोषी पहिचान गरी कानुनी दायरामा ल्याउने प्रहरी प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन।

२०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ की निर्मलाको शव उखुबारीमा फेला परेको थियो। त्यसपछि घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान खिचे पनि अनुसन्धानले अहिलेसम्म ठोस परिणाम दिन सकेको छैन।प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत घटनाको छानबिन भइरहेको बताइएको छ।

निर्मला प्रकरणलाई लिएर देशभर आन्दोलनसमेत भएका थिए। अनुसन्धानका क्रममा धेरै व्यक्तिसँग सोधपुछ, डीएनए परीक्षण तथा विभिन्न तहबाट छानबिन भए पनि अहिलेसम्म अभियुक्त सार्वजनिक हुन सकेका छैनन्।

आठ वर्ष बितिसक्दा पनि निर्मलाका परिवार र न्यायको अपेक्षा राख्नेहरूले घटनाको सत्यतथ्य बाहिर आउने र दोषीमाथि कारबाही हुने प्रतीक्षा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *