विरोधलाई व्यवस्थित बनाउन सभामुखको विपक्षी दललाई आग्रह

DaksuMedia दाक्सु मिडिया
|
असार २५, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले ४० दिनदेखि निरन्तर विरोध जनाउँदै आएका छन्। एउटै विषयमा लामो समय अवरोध भएपछि सभामुखले विपक्षीको तर्फबाट एक जना सांसदले मात्र धारणा राखेर बैठक अघि बढाउने प्रस्ताव गरेका थिए।

तर विपक्षी दलहरू उक्त प्रस्तावमा सहमत नभएपछि सभामुख अर्यालले विरोधको विषयभित्रै रहेर आफ्नो धारणा राख्न र संसद्को नियमित कामकारबाही अघि बढाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *