|
२०८३ असार १४
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को प्रतिस्पर्धामा कंगो डीआरले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा भएको खेलमा कंगोले पुनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो।
खेलको १०औँ मिनेटमै एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। ६८औँ मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए भने ७८औँ मिनेटमा फिस्टन मेलेले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा पुनः योवान विसाले व्यक्तिगत दोस्रो गोल गर्दै कंगोको ३–१ को जित सुनिश्चित गरे।
यस नतिजासँगै कंगो डीआर समूह चरण पार गर्दै नकआउट चरणमा पुगेको छ भने उज्बेकिस्तानको चुनौती समाप्त भएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्