जनमुखी शासनमा सरकार केन्द्रित : सञ्चारमन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

चितवन, असार १० — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति सत्ता प्रदर्शनको माध्यम नभई नागरिकको हित र सेवाका लागि प्रयोग हुनुपर्ने बताएका छन्।

मन्त्रालयअन्तर्गतका कार्यालयहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताए। जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले पद र अधिकारको दुरुपयोग स्वीकार्य नहुने उल्लेख गर्दै राज्यका सबै गतिविधि देश र जनताको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *