महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिन्छ : बुर्लाकोटी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको नीति र नेतृत्वलाई अझ प्रभावकारी बनाउने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

चितवनमा हुने महाधिवेशनले राजनीतिक नीति, नेतृत्व चयन, विधान संशोधन र आगामी कार्यदिशाबारे निर्णय गर्ने उनले बताए। उनका अनुसार महाधिवेशन केवल नेतृत्व परिवर्तनको प्रक्रिया नभई नीति परिमार्जन गर्ने महत्वपूर्ण अवसर पनि हो।

बुर्लाकोटीले पार्टीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउने प्रतिबद्धता जनाउँदै संवाद, सहमति र निर्वाचनमार्फत नेतृत्व चयन हुने बताए। उनले सरकार र संसद्को कामलाई अझ प्रभावकारी तथा जनमुखी बनाउनेतर्फ पार्टी केन्द्रित रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *