|
२०८३ असार ४
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई व्यवहारिक उपयोगसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथिको छलफलमा जवाफ दिँदै उनले कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनका अनुसार प्रविधिको प्रयोग बढाएर आर्थिक तथा औद्योगिक विकासलाई गति दिने लक्ष्य लिइएको छ।
मन्त्री पुनले अनुसन्धानका उपलब्धि केवल अध्ययन र प्रतिवेदनमा सीमित नभई उद्योग, व्यवसाय र उत्पादनशील क्षेत्रमा प्रयोग हुनुपर्ने धारणा व्यक्त गरे। उनले नवप्रवर्तनलाई आर्थिक समृद्धिसँग जोड्न सरकार प्रतिबद्ध रहेको बताए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्