|
जेष्ठ २०, २०८३
काठमाडौँ : अस्ट्रेलियामा लाखौँ कामदारको न्यूनतम ज्याला करिब ६ प्रतिशतले वृद्धि हुने भएको छ । नयाँ निर्णयअनुसार जुलाई १ देखि न्यूनतम ज्याला प्रति घण्टा २४.९५ बाट बढेर २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ। यसबाट न्यूनतम ज्यालामा काम गर्ने करिब एक लाख कामदार प्रत्यक्ष प्रभावित हुनेछन्।
त्यसैगरी ‘अवार्ड ज्याला’ प्रणालीअन्तर्गतका तलब दरहरूमा ४.७५ प्रतिशत वृद्धि हुने भएकाले करिब २८ लाख कामदारले लाभ पाउने अपेक्षा गरिएको छ।
सरकारले बढ्दो महँगी र जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब समायोजन आवश्यक भएको बताएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्