नयाँ सरकारसँग काम गर्न बेलायत उत्सुक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २९

काठमाडौं । संयुक्त अधिराज्य (यूके) सरकारले २१ फागुनमा सम्पन्न आमनिर्वाचनमा झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताएको छ ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इण्डो प्यासिफिक मामिला हेर्ने बेलायतीमन्त्री सीमा मल्होत्राबीच बुधबार भएको शिष्टाचार भेटमा मल्होत्राले सो धारणा राखेकी हुन् ।

बेलायती विदेश मन्त्रालय (एफसिडिओ) मा भएको उक्त भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

करिब एक घण्टा लामो उक्त भेटघाटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायू परिवर्तन, सामाजिक आर्थिक विकास आदि मुद्दामा बेलायती सहयोग र प्राथमिकताबारे कुराकानी भएको कार्यवाहक राजदूत दुवाडीले बताए ।

नेपाललाई सहयोग गर्ने विषयमा बेलायत सकारात्मक रहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *